रमेश बाहुनद्वारा दृष्टिका सम्पादकविरुद्ध ५० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर
- गाउँ सहर संवाददाता
- १२ चैत शनिबार, २०७८ | १४:४६:०० मा प्रकाशित
काठमाडाैं । दृष्टि साप्ताहिक विरुद्ध ५० लाखको क्षतिपूर्तिको मागसहित गाली बेइजतीको मुद्दा दताए भएको छ ।
दृष्टि साप्ताहिकका सम्पादक तथा प्रकाशक शम्भु श्रेष्ठविरुद्ध ५० लाख क्षतिपूर्तिको मागदाबी सहित हाल केन्द्रीय कारागारमा कैद रहेका रामेछाप निवासी रमेश बाहुन भनिने सुजन कुमार पौडेलले शम्भु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेका हुन् ।
उनले चैत ८ गते दृष्टि साप्ताहिकमा ‘जेल नसार्न गृहमन्त्री गुहार्दै’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेको बताएका छन् ।
उनले गुण्डानाइकेको संज्ञा दिँदै जेलबाटै हप्ताअसुली गरेको, नेतामार्फत भिमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा सार्नबाट रोकेको, जेलबाटै फिरौतीको धन्दा चलाएको, जेलमा नाईकेको रुपमा व्यापार गरी मासिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएको, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रभावमा पारी केन्द्रीय कारागारमै रहने वातावरण तयार गरेको, काफ्लेले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर बाहुन डनलाई कारागार नसार्न पटकपटक अनुरोध गरेको, काँग्रेस केन्द्रीय सदस्य काफ्लेलाई आगामी प्रदेशसभामा जिताउन बाहुन डनले गुण्डादेखि अर्थसम्मको प्रवन्ध गरिदिने प्रस्ताव गरेको लगायतका झुठा कुरा लेखेर समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाउँदै मुद्दा दायर गर्नुपरेको बताएका छन् ।
पौडेलले २०७१।०३।११ देखि आफू बिना कसुर जेलमा रहेको दाबी पनि गरेका छन् ।
फिरादमा विपक्षीबाट फिरादीलाई डन र गुण्डानाइके भनी सम्बोधन गरिएकोप्रति पनि आपत्ति जनाईएको छ ।
संविधानको धारा १६ अन्तर्गत शान्तिपूर्णरुपमा सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा १७ अन्तर्गतको पेशा र व्यवसाय गर्न पाउने हकलगायतका स्वतन्त्रताको हकमाथि गम्भीर आंच पुगेको जिकिर निवेदनमा गरिएको छ ।
निवेदनमा मुलुकी अपराध संहिता २०७४ अनुसार कैद सजायको माग पनि गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस