यी हुन् रामेछापमा स्थानीय निर्वाचनका लागि खटाइएका मुख्य निर्वाचन अधिकृतहरू
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १०:०२:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।
२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
आयोगले रामेछापकाे मन्थली नगरपालिकाकाे मुख्य निर्वाचन अधिकृतमा न्यायपरिषद हाल राष्ट्रिय न्यायिक प्रतिष्ठानका जिल्ला न्यायाधिश डा. दिवाकर भट्टलाई ताेकिएकाे छ भने उमाकुण्ड गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता याेगेन्द्र प्रसाद ढुङ्गेल, खाँडादेवी गाउँपालिकामा महान्धयाधिवक्ताकाे कार्यालयका उपन्यायाधिवक्ता बासुदेव लम्साल खटाइएकाे छ ।
त्यसैगरि, गाेकुलगंगा गाउँपालिकामा रामेछाप जिल्ला अदालतका स्रेस्तेदार रामप्रसाद पाैडेल, दाेरम्बा शैलुङ गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालय काठमाडाैंका उपन्यायाधिवक्ता प्रेमराज पाैडेल, रामेछाप नगरपालिकामा जिल्ला प्रशासन कार्यालय रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरूङ मुख्य निर्वाचन अधिकृतकाे जिम्मेवारी ताेकिएकाे छ ।
लिखु तामाकाेशी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र कुमार सापकाेटा र सुनापति गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैंका उपन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेलाई मुख्य निर्वाचन अधिकृत खटाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस