माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १२:३४:०० मा प्रकाशित
काठमाडाैं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
विदेशमन्त्री याङयीसँग एमाले नेताहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईले भेटवार्ता गरेका हुन् । एमाले नेतासँगको भेटवार्तापछि र यीले माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।
यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौको मेरियट होटलमा भेटवार्ता गरेका हुन् । यी नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस