एकैपटक २४७३ प्रहरी बढुवाका लागि सिफारिस (सूचीसहित)
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १२:५१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका २४७३ जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।
शनिबार साँझ बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ३२२ जना सई वरिष्ठ सईमा, ७३२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र १२०५ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
प्राविधिक प्रहरीतर्फका, स्वास्थ्य उपसमूह नर्सिङतर्फ, केनाईनतर्फ, ईन्जिनियरिङ्ग उपसमूह सूचना प्रविधितर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र सञ्चारतर्फ ५९ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका छन् ।
ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका १०२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका ५३ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएको केन्द्रीय प्रहरी कार्यालय नक्सालले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस