दोहोरो अंकले घट्याे शेयर बजार, ४ अर्ब ९८ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २३ विन्दुमा थामिएकाे नेप्सेले जनाएकाे छ । आज ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१.४० रुपैयाँ पुगेको छ ।
इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६.७० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएकाे छ ।
आज मल्टी पर्पोज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनिीको भएको छ । यस कम्पनीको आज २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस