राजनीति

मन्थली नगरपालिकाको प्रमुखमा कांग्रेस नेता भट्टराईले उम्मेद्वारी दिने

रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता युवराज भट्टराईले वैशाख ३० गते हुन लागेकाे स्थानीय निर्वाचनमा मन्थली नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । 

मन्थली नगरपालिका -२ मा कांग्रेसले आयोजना गरेको "घर घर जाउँ कांग्रेस जिताऔं" अभियान कार्यक्रमलाई आईतबार संवोधन गर्दै भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

पञ्चायत विरुद्ध २०४६ सालको जलआन्दोलन ताका सक्रिय नेता भट्टराई अहिले पनि रामेछापमा संगठन निर्माणमा क्रियाशील छन् । जनआन्दोलन उत्कृर्षमा पुग्नै लागेको बेला उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

मन्थली कठजोर निवासी भट्टराई नगरप्रमुखकाे बलियाे दाबेदार मानिन्छन् ।

कठजोर, सालु र सुनारपानी क्षेत्रमा कांग्रेसका अन्य उम्मेदवार भन्दा उनले बढी मत पाउने अवस्था रहेको कार्यकर्ताहरु बताउँछन् ।

यसअघि शनिबार चनखुमा आयोजित कार्यक्रममा जिल्ला सचिव तथा मन्थली नगरपालिकामा अघिल्लाे पटक उम्मेद्वारी दिएका विनाेद कार्कीले पनि नगर प्रमुख पदका लागि आफ्नो उम्मेद्वारी हुने घोषणा गरिसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत