गाउँ सहर

 चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई पक्राउ गरेकाे छ । १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए । 

प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिएकाे जनाएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत