राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, बैठकको निर्णय मंगलबार मात्रै सार्वजनिक हुने

काठमाडाैं । कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिएका छन् ।

स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।

साेमबारको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले जानकारी दिए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने मंगलबार मात्रै सार्वजनिक हुने जनाइएकाे छ । बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत