सुधारिएन शेयर बजार, काराेबार रकममा पनि गिरावट
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १५:२७:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.९८ अंकले घटेर दुई हजार ५ सय ४२ दशमलब २८ विन्दुमा थामिएकाे छ । आइतबार नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २३ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएकाे छ । आइतबार ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९९१.५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२०.३० रुपैयाँ पुगेको छ ।
आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवत्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
प्रतिकृया दिनुहोस