टी-२० श्रृङ्खलामा नेपालद्वारा पीएनजी १५ रनले पराजित
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १६:२१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो । अन्तिम ओभरमा पिएनजीलाई १७ रन चाहिएको थियो भने उसको एक विकेट बाँकी थियो । जसमा नेपालले दोस्रो बलमा रनआउटमार्फत पिएनजीको अन्तिम विकेट लियो ।
पिएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरे । ५२ रन बनाएर खेलिरहदा उनी १९औं ओभरको पाँचौ बलमा करण केसीले एलबिडब्लूको धरापमा पारेका थिए । छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भएपछि नेपाल सहज स्थितिमा पुगेको थियो ।
पिएनजीका ओपनर टोनी उरा ५ रनमा आउट भए । लेगा सिएका २१ रनमा पेभिलियन फर्किदा कप्तान असद भालाले ७ रनमा भन्दा बढी जोड्न सकेनन् ।
चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे । सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा परे । रिले हेकुरे ३ रन र जासन किला शून्यमा आउट भए ।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा ४४ दिएका थिए । कप्तान सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे । उनले ४ ओभरमा २२ रन खर्चिए । अबिनास बोहराले २ विकेट लिए उनले ४ ओभरमा २९ रन दिए। सोमपाल कामीले १ विकेट लिए । त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो ।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ४३ रन जोडे । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए । उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए ।
तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो । १२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरसम्ममा प्रत्येक ओभरमा विकेट गुमाएको थियो । जसका कारण १६ ओभरमा नेपालले ६ विकेट गुमाउँदा १४१ रन जोडेको थियो ।
१८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए । उनले २ छक्का प्रहार गरेका थिए। सोमपाल कामी १ रनमै आउट भए । अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए । बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस