साना दलले पनि स्थानीय निर्वाचनमा आफ्नै चिन्हबाट प्रतिष्पर्धा गर्न पाउने
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १९:१४:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सबै दललाई आफ्नै चुनाव चिन्हका आधारमा प्रतिष्पर्धा गर्न दिने व्यवस्था गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको जानकारी दिए।
यसअघि आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई जिल्लामा रहेको संगठन संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले जिल्लामा रहेका दलको संख्या पनि टुङ्गो लगाएको छ ।
आयोगका अनुसार स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा बढी ४६ राजनीतिक दल दर्ता भएका छन् । प्रवक्ता पौडेलले आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र ४० वटा साना राजनीति दल दर्ता भएको जानकारी दिए ।
त्यस्तै डोल्पामा सबैभन्दा कम ५ वटा साना दल दर्ता भएको उनले बताए । उनले दल र उम्मेदवार धेरै हुने भएकाले मतपत्रको आकार ठूलो हुने पनि जानकारी दिए । उनले निर्वाचनको सवै मतपत्र जनक शिक्षा सामाग्रीमा छापिने बताए ।
त्यस्तै आयोगले आइतबार नै मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको जनाएको छ । जसमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या धेरै छ । त्यस्तै राष्ट्रिय संस्थाहरुले मात्रै निर्वाचनमा पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस