गाउँ सहर

बैंकिङ कसूरका फरार प्रतिवादी गुरुङ पक्राउ

काठमाडाैं । प्रहरीले बैंकिङ कसूरको मुद्दामा दोषी ठहर भइ ४० लाख रुपैयाँ जरिवना सुनाइएका व्यक्तिलाइ पक्राउ गरेकाे छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं सामाखुशीका ५२ वर्षीय काजी गुरुङलाई पक्राउ गरेको जानकारी दिएकाे छ । 

उनलाई सोमबार सामाखुशीबाटै पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । गुरुङले स्याङ्जाका एक व्यक्तिलाई ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए । तर, पर्याप्त रकम नभको भन्दै चेक नसाटिएपछि पीडितले गुरुङविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

बैंकिङ कसूरको मुद्दामा सुनुवाइ गर्दै अदालतले गत फागुन १ गते गुरुङलाई ४० लाख रुपैयाँ जरिवाना र ६ दिनको कैद सजाय सुनाएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत