बोलेरो दुर्घटनामा ११ जना घाइते
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १४:१४:०० मा प्रकाशित
काठमाडाैं । सोमबार दिउँसो यात्रु बोकेको बोलेरो दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन् । पाँचथरको फिदिमस्थित सारंगे डाँडामा सोमबार दिउँसो यात्रु बोकेको बोलेरो दुर्घटनामा पर्दा ११ जना घाइते भएका हुन् ।
इटहरीबाट ताप्लेजुङतिर जाँदै गरेको को १ ज २८४६ नम्बरको बोलेरो फिदिम २ स्थित सारंगे डाँडामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ ।
‘मंगलबार दिउँसो १२ बजेर ४० मिनेट जाँदा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो,’ पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले भने, ‘११ जना यात्रु सबै घाइते छन् ।’
उनका अनुसार यात्रुमध्ये इटहरी ५ की मैया थापा गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा चोट देखिएको छ । पाँचथरमा प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि झापा पठाइएको जनाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस