४१ औं जापानी भाषा वक्तीत्वकला प्रतियोगिता सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १५:५८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल जापानिज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समय देखि आयोजना गर्दै आएको अल नेपाल जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट कोरोना महामारीको कारण यो वर्ष ४१ औं वक्तीत्वकला जुम अनलाइन मार्फत आयोजना गरेकाे जनाएकाे छ ।
जापान फाउण्डेशको प्रायोजन र नेपाल स्थित जापानी राजदुताबासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र सिनियर समूहमा छुटाइ आयोजना गरिएकाे थियाे । जुनियर समूहमा १२ जना र सिनियर समूहमा ९ जना प्रतिस्पर्धीको सहभागिता रहेकोको जुनियर समूहमा जे एल ई सि सि की शोभा दर्लामी प्रथम, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषाक्याम्पसकी दुर्गा भट्टराई द्वितिय, जे एल ई सि सि की करीश्मा तामाङ्ग तृतिय स्थान प्राप्त गरे । त्यस्तै सिनियर समूहमा नोरिवा ईन्टरनेशनलका सुरेश भट्टप्रथम,जे एल ई सि सि की प्रबिना शाक्य द्वितिय, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषाक्याम्पसकी शुशिला थापा मगर तृत्तिय स्थान प्राप्त गरे ।
यस वर्ष नेपालीहरु प्रथम पटक जापान गई अध्ययन गरेको १२० वर्ष पुरा भएको उपलक्ष्यमा नेपाल स्थित जापानी राजदुताबासले विषेश पुरस्कारको ब्यवस्था गरि उक्त विषेश पुरस्कार जुनियर र सिनियर समूहमा प्रथम भएमा बिद्यार्थीलाई प्रदान गरिएकाे छ । जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिएको विषेश पुरस्कार जुनियर तर्फ ए आई एम कन्सल्टेन्सीकी दुर्गा सारु र सिनियर समूह तर्फ जे एल ई सि सि का राजन श्रेष्ठलाई प्रदान गरिएकाे जाल्टानले जनाएकाे छ । साथै दुवै समूहका प्रथम, द्वितिय, तृतिय तथा सहभागी सम्पूर्ण प्रतियोगिहरुलाई जाल्टान, नेपाल स्थित जापानी राजदुताबास, जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिको सिल्ड, तक्मा, प्रमाणपत्र र पुरस्कार अनुकुल समय मिलाई प्रदान गरिने जनाइएकाे छ ।
प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताका र विषेश अतिथि जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजीको सहभागितामा संचालन भएको कार्यक्रमका प्रमुख जर्ज नेपाल स्थित जापानी राजदुताबासका कल्चरल सेक्रेटरी सातो मायुको , जाईका नेपाल प्रमुख ओकुवो आकिमिचु, जापान फाउण्डेश नयाँ दिल्लीका जापानिज भाषा बिज्ञ खानागाय योउको, जापानिज एसोशियसनका डाईरेक्टर इसोइ मिहाज्यू,जापानिज युनिभर्सिटि एलमुनि एशोसिएसन (JUAAN) का महासचिव डा. जिवन भट्टराई लगायतका महानुभावले निर्णायकको भुमिका निर्वाह गर्न भएको थियो भने Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष रबिन्द्र महर्जनले निर्वाह गरेका थिए ।
जाल्टानका उपाध्यक्ष सन्जय श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकाे उक्त कार्यक्रममा जाल्टानका अध्यक्ष मनिष श्रेष्ठले धन्यबाद मन्तब्यका साथै नेपालको जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराएका थिए । साथै जापानी राजदुत किकुता युताका, जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजीले पनि जापानी भाषा र समसामयिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
प्रतिकृया दिनुहोस