अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | ११:२०:०० मा प्रकाशित
काठमाडाैं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ ।
वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर) मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन ।
विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताए । उनले भने, “विभागले अबको १५/२० दिनभित्रै श्रम कार्यालयबाट हुने सबै सेवा अनलाइनबाट गरौँ भनेका छौँ तर प्राविधिक टोलीले भने केही समय थप्नुपर्छ भनेको छ, त्यसैले थोरै ढिला भए पनि अब छिट्टै अनलाइनमै जान्छौँ ।
वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने बताए । हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ ।
संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ ।पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रमस्वीकृति जारी गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस