स्वास्थ्य
सरकारले यस्ता राेग लागेका बिरामीलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १३:११:०० मा प्रकाशित
काठमाडाैं । सरकारले गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार बापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको चरण अगाडी बढेको हो ।
कार्यविधि तयार भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउँने भएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत यी बिरामीलाई रकम दिने समेत जनाएको छ ।
देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि मंगलबार अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमृन काफ्लेले जानकारी दिएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस