गाउँ सहर

बिमस्टेककाे पाँचाैँ शिखर सम्मेलनबाट बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

 

काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाैँ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।  सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुईवटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए ।

सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुई वटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका सम्झौतामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमस्टेक महासन्धि र श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आवद्धता रहेका छन् ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’ मा हस्ताक्षर गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत