सुधारियाे शेयर बजार : दाेहाेराे अंकको वृद्धि, २ अर्ब २५ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १५:२६:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएकाे छ । मंगलबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १११३.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९.८० रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.८५ बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।
आज एनसीसी डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब २ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड २७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस