गाउँ सहर

ब्राउनसुगर सहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं महानगरपालिका-५ का ३१ वर्षीय सन्त महर्जन रहेका छन् ।

बुधबार बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०१-००६ ख ०६२६ नम्बरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिएकाे छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत