सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा पनि एक भएर जाने सहमति
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १२:४६:०० मा प्रकाशित
काठमाडौं । सत्ता गठबन्धन दलबीच आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएकाे छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो ।
त्यसका लागि सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले आसन्न स्थानीय तह निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय गरेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका नेताहरूको बैठकले महानगरपालिकामा केन्द्रबाट र उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेलको निर्णय गर्ने निर्णय गरिएको छ ।
“स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ,” नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भने, “बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने समझदारी भएको छ ।”
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस