असम्भव एजेण्डा बाेकेर आफ्नाे र युवाहरूकाे भविष्यमाथि खेलवाड नगर्न थापाकाे आग्रह
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १३:१२:०० मा प्रकाशित
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था बाेकेर बाेकेर युवाहरूकाे भविष्यमाथि खेलवाड नगर्ने आव्हान गरेका छन् ।
असम्भव एजेण्डा बाेक्नुकाे अर्थ नरहेकाले आफूले पनि छाडेकाे बताउँदै थापाले भने- २०६३/०६४ ताका "मरेकाे लाश नबाेकाैँ दाई भनेर सल्लाह दिने भाईहरू अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीकाे वर्षा गरिरहेकाे देख्दा हासाे लाग्छ । गाली गलाैजकाे सट्टा निर्मल निवासलाई साेध्नाेस्-गत १५ वर्षमा राजसंस्थाले पुन:स्थापना गर्न राजाकाे के भूमिका रह्याे ? पटक पटक राप्रपा कमजाेर पार्ने काम किन भयाे ?"
थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्-"असंभ्व एजेण्डा बाेकेर आफ्नाे र युवाहरूकाे भविष्यमाथि खेलवाड गर्ने काम छाेड्नुस् । मैले त छाडेँ । हेरिराख्नु हाेला, केही वर्षपछि भाहरू पनि मेरै बाटाेमा आउनुपर्छ । राजसंस्थाकाे माया त मलाई अहिले पनि लाग्छ तर, के गर्नु ? उनकाे व्यवहार र साेचाइ नै गलत भयाे । त्यसैले गाली गलाैजमा समय खेर नफाल्नुस् ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
प्रतिकृया दिनुहोस