राताम्मे बन्याे शेयर बजार, काराेबार रकम सामान्य घट्याे
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १५:२७:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.९५ अंकले घटेर दुई हजार ५ सय ४४ दशमलब ३० विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ । बुधबार नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज कारोबार रकममा पनि सामान्य घटेको छ । आज १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५५.७० रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएकाे छ ।
आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमजिङ नेपालको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस