गाउँ सहर
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | ११:१३:०० मा प्रकाशित
काठमाडाैं । सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।
गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस