गाउँ सहर
ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ चैत शुक्रबार, २०७८ | १३:३१:०० मा प्रकाशित
काठमाडाैं । ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस