गाउँ सहर

स्रोत नखुलेको ८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडाैं ।  प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेका छन् ।

आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत