खेल

मलेसियालाई हराएर लगातार चौंथो जित निकाल्न चाहन्छ नेपाल

काठमाडौं । आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ ।

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्मकाे तीन खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेकाे छ । 

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

हालसम्म नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यस अघि नै फाइनल पुगिसकेको छ । यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ ।

सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । मलेसिया नेपालविरुद्ध बदला लिन चाहन्छ ।  

पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत