गाउँ सहर

नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति

तस्विरः डा. शंकर शर्मा

काठमाडाैँ । नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ ।

शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन श्रृङ्गलाले बताएका छन् ।

श्रृङ्गालकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ ।

सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए । भारतीय विदेश मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव श्रृङ्गालले सीमा समस्यालगायत सुरक्षा समस्याका विषयमा पनि दुई देशबीच छलफल गरेर समाधान गरिने उनले बताए ।

उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशका जनतालाई निकै फाइदा हुने समेत बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत