विश्व

संसद विघटनको सिफारिस गर्दै पाकिस्तानका प्रधानमन्त्री खानद्वारा चुनाव घोषणा गर्न सिफारिस

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् ।

राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

संसद्‌मा आफू विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै फेरि चुनाव हुने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री खानको सरकारविरुद्ध भोटिङ हुनुभन्दा पहिले नै उपसभामुखले अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरका थिए । संसद्‌को यो सत्र उपसभामुख कासिम खान सूरीको अध्यक्षतामा चलिरहेको थियो । 

अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत