माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १४:१३:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ नहुने भएको हो ।
न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसम्बन्धित मुद्दामा आफूले आदेश दिएको र उक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको मागलाई इजलासले अस्वीकार गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस