राजनीति
विवेकशील साझा पार्टीद्वारा तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १६:०७:०० मा प्रकाशित
काठमाडाैं । विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नका लागि प्रस्ताव पेश खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी गरी प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो ।
जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरुलाई पार्टीको तराजु चुनाव चिन्हबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेश गर्न आह्रवान गरिएको छ ।
प्रस्ताव पेश गर्नका लागि सो पार्टीले व्यक्तिगत (छोटो र सजिलो फारम) समेत उपलव्ध गराएको छ । सूचनामा यदि फारम भर्न समस्या परेमा पार्टीका ७ वटै प्रदेश प्रमुखहरुसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस