पत्र नबुझेपछि बतासको नाममा सार्वजनिक सूचना
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | ०८:०६:०० मा प्रकाशित
काठमाडाैं । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको हो।
अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले यस विषयमा सार्वजनिक सूचना जारी गरेको छ।
परिषद्ले श्री होटल आनन्द प्रालि सो प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालेको हो।
पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सम्झौताबमोजिमका सर्त पालना नगरेको भन्दै होटल सञ्चालनका लागि गरिएको करार सम्झौता रद्द गरेको हो।
कोषले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘कोषको च.नं. १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भंगबारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ईमेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको बेहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस