राजनीति

बालुवाटारमा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सुरु

काठमाडाैं । बालुवाटारमा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत