राजनीति

सत्ता गठबन्धन बैठक : पौडेलको नेतृत्वमा निर्वाचन तयारी र अनुगमन समिति गठन

काठमाडाैं । सत्ता गठबन्धन दलको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी र अनुगमन समिति बनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बेठकले त्यस्तो समिति बनाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वीकय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

पौडेल नेतृतवको समितिमा पाँचवटै दलका नेताहरुले सदस्यका रुपमा प्रतिनिधित्व गर्नेछन् ।

उक्त समितिले स्थानिय पालिका स्तरमा भएका चुनावी तालमेलहरुको अनुगमन गर्ने र निर्वाचनसम्वन्धी थप रणनीति बनाइ परिचालनको काम गर्ने गरी कार्यादेश तोकिएको जनाइएकाे छ । दलहरुले समितिमा रहने नेताहरुको नाम आजै साँझसम्म दिने र यो समितिको पहिलो बैठक भोलि बुधबार नै बस्ने निर्णय पनि बैठकमा भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाको तीन दिने भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले विफ्रिङ गरेका थिए । प्रधानमन्त्रीको भ्रमण सफल रहेको निश्कर्ष बैठकले निकालेको छ ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्द, योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्र्तक्रिया आयोजना गर्ने र आएका सुझावका आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको प्रचण्डका स्वीकय सचिव रमेश मल्लले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत