निर्वाचन आयोगले मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने, कुन तहकाे कति ?
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १२:२०:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।
हिजाे निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।
आयोगले देशभर‚प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।
‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,’ पौडेलले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस