गाउँ सहर

जिप दुर्घटना हुँदा भाइकाे मृत्यु, दाजु घाइते

काठमाडाैं । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । अर्का एक सामान्य घाइते छन् ।

शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।  दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन् । दुर्घटनामा उनी पनि घाइते छन् । मृत्यु भएका नारायण उनका भाइ हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा भाइको मृत्यु र चालकसमेत रहेका दाजु सामान्य घाइते छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत