ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १३:५५:०० मा प्रकाशित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ ।
उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उनले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए ।
त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए ।
वडा अध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेशीशहर नगरपालिकाका केही वडाका बासिन्दाहरु बैंकिङ्ग सेवाबाट लाभान्वित हुने कुरा बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस