श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले पनि दिए राजीनामा
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १५:४४:०० मा प्रकाशित
एजेन्सी । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिएका छन् । यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए ।
साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए ।
आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । उनले मन्त्रिपरिषदमा केही मन्त्री पनि नियुक्त गरेका थिए ।
साब्रीले न्याय मन्त्रीबाट राजीनामा दिँदा पनि आफूले फेरि मन्त्रीको जिम्मेवारी नलिने सोचेको भए पनि अन्तरिम कालका लागि अर्थमन्त्री बनेको बताएका छन् ।
धेरै सोच-विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस