नेप्सेमा भारी अंककाे गिरावट, काराेबार रकममा भने सुधार
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४६.४६ अंकले घटेर दुई हजार ४ सय ५२ दशमलब ६ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ । सोमबार नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५६.१० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ ।
आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
प्रतिकृया दिनुहोस