स्वास्थ्य

काेराेना अपडेट : थप २४ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जना संक्रमणमुक्त

काठमाडौँ । देशमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएकाे स्वास्थ्य मन्त्रालयका ले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार मंगलबार ५१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ३ हजार २७८ पीसीआर तथा २ हजार ३०९ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत