मतदाताले यसपाली परिवर्तनको पक्षमा मतदान गर्नेछन् : लावती
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १९:३२:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले आगामी स्थानीय निर्वाचनमा आम मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने दावी गरेका छन् ।
‘मतदाताको प्राथमिकता र मतदान गर्ने शैलीमा यस पटक परिवर्तन आउने छ । भ्रष्टाचार, बेथीति र फोस्रो नाराबाट आजित जनताले विकल्प चाहेका छन् । यसकारण विगतको मतदाता मनोविज्ञानलाई मात्र आधार मान्नु गल्ती हुने छ,’ प्रवक्ता लावतीले भने ।
राप्रपा नेता लावतीले सबै स्थानीय तहमा राप्रपाले उम्मेद्वारी दिने बताए । यसै अनुरुप देशव्यापी तयारी जारी रहेको उनको भनाइ थियो ।
मिक्लाजुङ–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लावतीले यो विचार राखेका हुन् ।
राप्रपा भ्रष्टाचारमुक्त प्रशासन, सामाजिक विकास, रोजागर सिर्जना र आय आर्जनको पक्षमा उभिने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
प्रतिकृया दिनुहोस