ओलीले एमाले प्रवेश गराएकाे २४ घण्टामै पुन: माओवादीमै फर्किए डल्लाकाेटी
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १९:४९:०० मा प्रकाशित
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेकाे २४ घण्टामै पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।
सोमबार केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका थिए ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै डल्लाकोटीले भनेका छन्, 'म भित्र क्षणिक आक्रोश र आवेगमा आइ राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गइ समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रुपमा आत्माआलोचना गर्न चाहन्छु र आगामी दिनमा नेपाल कम्यनिस्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।'
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए ।
एमाले अध्यक्ष केपी ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस