कंगोमा बिद्रोहीको आक्रमणबाट घाइते नेपाली सैनिक गुरुङको मृत्यु
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १०:१०:०० मा प्रकाशित
काठमाडौं । कङ्गोमा विद्रोहोले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्का अनुसार अपरेशन 'बाली' का क्रममा मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएका नेपाली सैनिकको उपचारको क्रममा मृत्यु भएको हो।
हेलिकप्टरमार्फत् थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट-१४ निवासी सिपाही अनिल गुरुङको मृत्यु भएको जंगी अड्डाले जनाएको छ ।
कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा गुरुङप्रति प्रधान सेनापति प्रभुराम शर्माले उनको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गरेको नेपाली सेनाले जनाएको छ ।
यस घटनाले सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको सेनाले उल्लेख गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस