राजनीति

टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

काठमाडाैं । निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको हाे । मंगलबार राति टिकटकको विषयमा विवाद हुदाँ नेपाली कांग्रेसका एवम् खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।

घाइते तामाङको अनुहारमा चोट लागेको छ । धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले अध्यक्ष तामाङको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत