राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि सार्वजनिक गर्यो ६१ पृष्ठ लामो सुझाव (प्रतिवेदन सहित)
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | ११:२०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय सञ्चिति कम हुन नदिने उपायमा आयात नियन्त्रणको निष्कर्ष निकाल्दै सरकारलाई सुझाव दिएको छ । मंगलबार ६१ पेजको अध्ययन प्रतिवेदन सार्वजनिक क्षेत्र तोकेर नै सुझाब दिएको हो ।
सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर करिब ३०० बस्तुको आयातको प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो । विदेशी सहयोग र दीर्घकालिन अवधिको वैदेशिक ऋण तथा लगानीलाई आर्कषण गर्ने उपाय गरिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
उर्जा क्षेत्र, औद्योगिक उत्पादन, पर्यटन क्षेत्रमा कस्तो नीति भन्ने सम्मको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै रेमिटेन्स सुधार, वैदेशिक लगानी र मौद्रिक ब्यवस्थापन कसरी गर्ने भनेर समेत सुझाब दिइएको छ ।
गैरआवासीय नेपालीको विदेशी लगानीलाई फिर्ता लैजाने र फिर्ता नलैजाने गरी दुई भागमा विभाजन गरिएको छ । र फिर्ता नलैजाने लगानीलाई बैंकिङ्ग प्रणालीमार्फत् आएको आधारमा लेखांकन गर्ने ब्यवस्था मिलाउन पनि सुझाब दिइएको छ ।
वैदेशिक लगानी आकर्षित गर्न न्यूनतम् ७० प्रतिशत स्थानीय कच्चा पदार्थ एवम् श्रम उपयोग गर्ने स्वदेशी तथा विदेशी लगानीमा स्थापित नयाँ उद्योगलाई निश्चित समयका लागि आयकरमा सहुलियत प्रदान गर्ने सुझाब पनि दिइएको छ ।
नेपालीले विदेशबाट नेपालमा आफन्तलाई रकम पठाउँदा एक निश्चित रकम भन्दा बढी बैंक खाता मार्फत् मात्र पठाउनु पर्ने अनिवार्य व्यवस्था लागु गर्ने पनि सुझाब दिइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
प्रतिकृया दिनुहोस