गाउँ सहर

ट्रयाक्टरले किच्दा बालकको मृत्यु

काठमाडाैं । ट्रयाक्टरले किचेर एकजना बालकको ज्यान गएकाे छ । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको  रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जन रहेका छन् । 

प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो ।  ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत