राजनीति
नेपाल बारको निर्वाचन अपडेट : गठबन्धनका उम्मेदवार अगाडि, कसकाे मत कति ?
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १६:१८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे दोब्बर मतले अगाडि छन् ।
अपरान्ह ३ बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले १०७५ मत पाएका छन् । प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई ५०४ मतले पछि पारेका छन् ।
महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ९६० मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ६५७ मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र ३०३ मतले अगाडि छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस