गाउँ सहर

कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडाैं । कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको हाे ।

हिजाे साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिएका छन् ।

महालक्ष्मी नगरपालिका-८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरको कारले बालकलाई ठक्कर दिएको हो ।

ठक्करबाट रामेछाप मन्थली नगरपालिका-९ घर भई लुभुकै सेराफाँटमा टहरामा बस्दै आएका दुई वर्षीय आर्यन पुरी घाइते भएका थिए । उनको उपचारको लागि किष्ट अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिएपछि लामाटार घर हुने ४१ वर्षीय चालक सुजनराज शर्मा आफैँले आमा विमला र छोरालाई राखेर अस्पताल पुर्‍याएका थिए ।

गाडी र चालक महानगरीय प्रहरी वृत्त सातोबाटोको नियन्त्रणमा छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत