उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दिलेन्द्रप्रसाद बडू, कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त - आजै शपथ
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गाेविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त्त भएका छन् ।
यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताएका छन् ।
यो मन्त्रालय लामो समयदेखि प्रधानमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस