निर्वाचन आचारसंहिताबारे एमालेले राख्यो ६ बुँदे धारणा
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १४:५४:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामा पार्टीका तर्फबाट ६ बुँदे धारणा राखेको छ ।
बिहिबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित नेताहरू आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पार्टीका तर्फबाट धारणा समेटिएको ज्ञापत्र पत्र बुझाएका हुन् ।
आयोगले बनाएको आचारसंहिता पालना गर्न सके राम्रो हुने महासचिव पोखरेल बताउँछन् । तर प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरू नै चुनाव प्रचारमा जान नपाइने गरी आयोगले बनाएको आचारसंहिताको कार्यान्वयन पक्ष भने जटिल रहेको उनले बताए ।
उनले एमालेले आचारसंहिता पालना गर्ने पनि बताएका छन् । आचारसंहिताका केही प्रावधानलाई भने आयोगले संशोधन गर्नुपर्ने एमालेको भनाइ छ । उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान पनि संशोधन गर्नुपर्ने एमालेको माग छ ।
‘निर्वाचन आयोगसँग हाम्रो टसल होइन,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीले नै चुनाव प्रचार गर्न नपाउने कुरा लोकतन्त्रमा अलि मिल्ने खालको भएन । त्यो संशोधन गर्नुपर्छ भन्ने हो । हामी प्रतिपक्षमा भए पनि सरकार पक्षलाई नै फाइदा हुने कुरा उठाएका छौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस