राजनीति
कानुनमन्त्री बन्दीद्वारा पदभार ग्रहण
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडाैं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उनी पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए ।
सरकारले कोइरालालाई कानुन मन्त्रीमा नियुक्त गरेसँगै नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका बडूलाई प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको वाणिज्य मन्त्रालयका जिम्मेवारी दिइएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
प्रतिकृया दिनुहोस